काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्थगनकै अवस्थामा रहेको जनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिट्ब्युरो बैठकको बारेमा जानकारी दिने क्रममा यस्तो बताएका हुन् । एमालेको विधानको धारा ८मा सदस्यता त्याग गरेको व्यक्तिको नवीकरण हुन नसक्ने उल्लेख गरिएको उनको धारणा थियो । धारा ८मा सदस्यता परित्याग गरेको व्यक्तिको सदस्यता समाप्ति हुने र पुनः प्राप्तिसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ ।


