काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिबाट पाडि नहट्ने अडान लिएकी छिन्।
उनले मंगलबार आफ्नै निवासमा केही पत्रकारहरूसँग भेटघाटका क्रममा यस्तो धारणा राखेकी हुन् ।
भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँ।’ उनले आफूलाई समर्थन गर्नेहरूमाथि आतंक सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाइन्। ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ,’ भण्डारीको भनाइ छ।


