काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । उनले शुक्रबार पार्टी प्रवेश कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले भने, ‘जनताले रोजेको पहिलो पार्टी हुँदा पनि विभाजनको कारणले पहिलो पार्टी बन्न सकेन। एमाले विभाजन गरेर अलग पार्टी बनाउँछौँ र एमालेको विकल्प खडा गर्छौँ भन्ने ठानेका थिए, आज उहाँहरूमा निराशा र हताश देखिन्छ।’


