काठमाडौं । चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलका क्रममा यस्तो जानकारी गराएका हुन् ।
जसअनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए ।
त्यस्तै उनले निजामति विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी भएको उल्लेख गरे। भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ ।


