काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई राजीनामा दिन २४ घन्टाको अल्टिमेटम दिइएको छ।
पार्टीका उपाध्यक्ष अब्दुल खनासहित प्रवक्ता डा। शरद सिंह यादव, युवा संघका संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले स्वेच्छिकरूपमा राजीनामा दिन माग गरेका हुन्।
देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता भएको र पार्टीमा पनि त्यसखालको समीक्षाको आवश्यकता रहेको भन्दै अध्यक्ष राउतलाई राजीनामा दिन माग गरिएको हो।


