काठमाडौं। नारायणगढ- मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलाको पहिरो पन्छाएसँगै सवारी आवागमन सञ्चालनमा आएको छ।
तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पहिरो पन्पछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको थियो।


