काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुनेछ । विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान,सद्भाव यात्राको कार्यसूची र विविध बैठकका कार्यसूची रहेका छन् ।
रास्वपाले आगामी कात्तिक १४ र १५ गते बस्नेगरी विस्तारित बैठक बोलाएको छ ।


