काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएका छन्। सभामुख घिमिरेले आज बिहान ९ बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि सभा पुनर्स्थापनाबारे दलहरूको राय लिने उद्देश्यले छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कि नजाने ? भनेर दलहरूको धारणा लिन लागेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ ।


