काठमाडौं । गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् ।
सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगताका साथ सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवं अभिवृद्धि गराउन भन्दै निर्देशन दिएका हुन् ।
बैठक तथा कार्यक्रममा सहभागीहरूको स्वागतमा फूलमाला, खादा आदिको प्रयोग गरी खर्चिलो हुने गरेको सन्दर्भमा सम्भव भएसम्म प्रमुख जिल्ला अधिकारीले फूलमाला, खादा आदिको प्रयोग नगर्ने । प्रयोग गर्नुपरेमा प्राकृतिक फूल एवम् स्वदेशी खादा प्रयोग गर्ने,” निर्देशनमा भनिएको छ ।


