काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सचिवालय सदस्य पदबाट राजीनामा दिएकी छन्।
उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन्।
‘निरन्तर मलाई देखाएर नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
उनले ०७४ मंसिरदेखि प्रचण्डको सचिवालय हेर्न थालेकी थिइन्।


