काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले संवाद सुरु गरेकी हुन् ।
छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा। प्रकाशशरण महत सहभागी छन्। एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् भने रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी भएका छन्।


