काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको व्यक्तिगत दुस्मनी आफूमाथि देखिएको बताएका छन् । बुधबार भक्तपुर बालकोटस्थित आगजनी गरिएको आफ्नो घर अवलोकनपछि प्रतिक्रिया दिँदै उनले बताएका हुन् ।
हिजो एक सञ्चारमाध्यममा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिने समेत उल्लेख गरे। ‘यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ। र, जसलाई क्षति परेको छ तिनीहरुमाथि उहाँको देखिन्छ,’ ओलीले भने, ‘ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ। मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन। घर कहाँ हो पनि थाहा छैन मलाई।’
‘तर, दुस्मनी अत्यन्त चर्को देखिन्छ र मलाई गम्भीर आशंका छ सरकारमाथि,’ उनले थपे।


