काठमाडौं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।
नेपाल स्काउटले कात्तिक २० गते एक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीलाई ७ दिनभित्र बाँकी बक्यौता तिर्न चेतावनी दिएको थियो । उक्त कम्पनीले बक्यौता तिर्न पुनः आलटाल गरेपछि महानगरले संरचनामा डोजर चलाएको हो ।
उक्त जग्गा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटको स्वामित्वमा पर्छ । खड्काले नेपाल स्काउटको जग्गा प्रयोग गरेबापत ३ करोड ५० लाख रुपैयाँ बढी बक्यौता तिरेका छैनन् ।


