काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबाट सुरु भएको नयाँ राजनीतिक समीकरण देशैभरि अगाडि बढ्ने बताएका छन् ।
शनिबार जनकपुर गाछीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मधेसमा बनेको नयाँ सत्ता संयोजनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरे।
प्रचण्डले भने, ‘मधेसले अहिले भर्खरै पनि परम्परागत, तथाकथित पक्षलाई पछाडि पारेर नयाँ राजनीतिक संकेत दिएको छ। मधेस सरकारले नेपाली कम्युनिस्ट पार्टी, मधेसकेन्द्रित दलहरू र नेपाली कांग्रेससम्मसँग मिलेर नयाँ सरकार बनाएको छ।’


