काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासंग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । ।
भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउँदै उनले त्यसमा जेनजी युवाहरूको हात नरहेको बताए । उनले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।


