काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावका लागि तयार भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीसामु यस्तो बताएका हुन्
प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन् । ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ ।’


