काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलाप कायम भएमात्रै देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्ने बताएका छन् । उनले आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन् ।
ुआज पाँच दशक पछि फेरी विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दछौँ । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बिपीको विचारलाई फेरी एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छु , सन्देशमा उनले भनेका छन् ।
राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्त्व आज कांग्रेस एक्लैको विषय नभएको उनले बताए ।


