काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकता सहमति दुई सातामै संकटमा परेपछि रास्वपाले आकस्मिक सचिवालय बैठक डाकेको हो ।
रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा पार्टी सचिवालयको आकस्मिक भर्चुअल बैठक शनिबार ३स्१५ बजे जुममार्फत बस्दैछ। बैठकको मुख्य कार्यसूची पार्टी एकता र समायोजनसँग सम्बन्धित विषय रहेको छ।


