काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।
उनले जेन–जी आन्दोलनको नाममा । महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गरे।
उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गरे। आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताए।


