काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरुको सम्झनामा ‘शहीद मार्ग’ बनाउन सुरु गरिएको बताएका छन् ।
उनले आज रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन् ।
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेको र त्यसका लागि बजेटसमेत छुट्याइएको पनि बताए ।


