काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो पार्टीले चुनावी गठबन्धन नगर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सभापति थापाले आज कांग्रेसको प्रतिज्ञापत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका यस्तो धारणा राखेका हुन् ।
‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ’, थापाले भने, ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ।’
सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेको उनको भनाइ थियो। त्यसैले यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने थापाले बताए।


