काठमाडौं । काठमाडौंको धरहरा क्षेत्रमा निर्माण भएको सवारी साधन पार्किङको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो ।
बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझावसहित पेश गर्न शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ।


