काठमाडौं । काठमाडौंमा मंगलबारदेखि फागु सुरु भएको छ। आज बिहान ७ बजेर १३ मिनेटको शुभसाइत हनुमानढोकामा चीर ठड्याई फागुको सुरुवात गरिएको हो।
हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ।
चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो।


