काठमाडौं । अहिले बिहान ८ बजेसम्म समानुपातिकतर्फको १ करोड २ लाख ८४ हजार ४८१ मतगणना सम्पन्न भएको छ।
आयोगका अनुसार रास्वपाले ४९ लाख ४५ हजार ५५८ मत ल्याएको छ। त्यस्तै दोस्रोमा कांग्रेसले १६ लाख ७२ हजार ९१४ मत पाएको छ । यसैगरी नेकपा एमालेले १३ लाख ८८ हजार ४३२, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ४४१, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार १६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४०९ मत ल्याएको छ।


