काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च बिवरण निर्वाचन आयोगलाई बुझाएका छन् । उनले मंगलबार बुझाएको विवरणमा चुनाव खर्च ९ लाख ८९ हजार
भएको उल्लेख गरेका छन् ।
मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।


