काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ दिल्ली गएका छन्। उनी दिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन गएका हुन् ।
नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
विश्वभरिका नीति-निर्माता, सांसद, प्राविधिक, व्यवसायी तथा विशिष्ट शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।


