काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।


