काठमाडौं । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। उनलाई मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
जेठ ४ गते वीरगञ्जस्थित दियालो होटेलबाट उनी पक्राउ परेका प्रसाईंलाई यही जेठ ७ गतेबाट दोस्रोपटक लागु हुनेगरी पर्सा जिल्ला अदालतले चार दिन थुना म्याद थप गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रसाईं आजै छुटिसकेका छन् ।


