काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. शेष घलेले भोटेकोशी बाढी प्रभावितलाई ५७ करोड ८५ सहयोग गर्ने भएका छन्।
घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले अभिभावकविहीन बालबालिकाका लागि ५७ करोड ८५ लाख सहयोग गर्ने घोषणा गरेको हो।
बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी ९एमओयू० गरेको हो।


