काठमाडौं । गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई गृहमन्त्री गुधन गुरुङले प्रशासनमा ल्याएका हुन् ।
उनले बैतडी, नवलपरासीे पश्चिम र भोजपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूमिका निर्वाह गरिसकेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक समेत रहेका थिए ।
पन्थी २०७८ मा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए ।


