काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोसी बाढीपछिको खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए।
सचिवालय बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ‘ब्रिफिङ’ गरेका थिए। उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाको कामसमेत समानान्तर रुपमा अघि बढाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताए।
बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको पनि उनले बताए।


