काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।
प्रहरीले दाहाललाई आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको थियो।
दाहाल पक्राउ परेपछि उनकी छोरी डेनीका दाहालले बुवाको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्दीसहित तथा अनुसन्धानसम्बन्धी मिसिल पेस गर्न आदेश दिएको हो।


