काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९।८१ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेको थियो।
यस दिन कुल ३५६ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच भयो । पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँको सेयर कारोबार भएको छ ।
१७६ कम्पनीको सेयर मूल्य बढेको छ ।


