काठमाडौं । नेपाली कांग्रेसलका सभापति गगन कुमार थापाले नागरिकलाई पर्खाउने र थकाउने सेवा स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन् ।
दस्तावेजमा भनिएको छ, ‘सार्वजनिक सेवा नागरिकलाई पर्खाउने, थकाउने वा अनुगृहीत बनाउने विषय होइन। सेवा पाउनु नागरिकको हक हो र मर्यादापूर्वक सेवा दिनु राज्यको जिम्मेवारी हो।‘
