काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईँलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईँसँग दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश गरेको हो।
अदालतको यो आदेश मुद्दाको अन्तिम फैसला भने होइन। धरौटीमा रिहा भएपछि प्रसाईंविरुद्धको मुद्दाको बाँकी न्यायिक प्रक्रिया नियमित रूपमा अघि बढ्नेछ।
रास्वपाकी एक सांसदलाई आफ्नो छोराको लास बेचेर सांसद भएको भन्दै सामाजिक सञ्जालमार्फत अपमान गरेको भन्दै परेको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए ।
