काठमाडौं । आज (बुधबार) दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुने भएको छ।
शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने जानकारी दिएको हो।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो।


