काठमाडौं। नेपालले १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । श्रीलंकामा भएको खेलमा नेपालले भुटानलाई २ – १ गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
नेपालको जितमा उनेश बुढाथोकी र सिमान्त थापाले एक एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए ।
नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि भुटान भारतसँग ३(० ले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको दोस्रो स्थानमा रहेको छ ।
भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ । नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।


