काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी एक युरोको खरिद दर १३१ रुपैयाँ ०७ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ। एक पाउण्डको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ०४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९२ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


