काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ । यसैगरी एक युरोको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ कायम गरिएको छ ।
यस्तै एक पाउन्ड स्टर्लिङको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ रहेको छ ।


