काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले ब्याजदर स्थिर गर्न आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष उपाध्यायले संघको ३६ औँ वार्षिक साधारण सभामा बोल्दै सरकार, बैंकर्स संघ र राष्ट्र बैकको त्रिपक्षीय सहकार्यको आवश्यकता रहेको बताएका हुन् ।
ब्याजदरको उच्च वृद्धिदरले उत्पादन क्षेत्रमा कमी आएकोले यसतर्फ सबैले सोच्नुपर्ने उनको बताए । पछिल्ला दुई वर्षसम्म व्यापार घाटा, बढ्दो आयात र ब्याजदरको वृद्धिले गर्दा बैंकिङ क्षेत्रमा तरलता अभाव भए बताए ।


