काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आजको मूल्य अहिलेसम्मकै धेरै हो। यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।


