काठमाडौं । महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन माग गर्दै आज लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
यसबारेमा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यसअघि नै भेटवार्ता गरिसकेका छन् ।
लोसपाका नेता राजेन्द्र महतोले सहमतीय राष्ट्रपतिका लागि महन्थ नै उपयुक्त भएको बताए । उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।


