काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।
आज २५९ धितोपत्रको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर एक अर्ब ३९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्यो । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक ३।०३ प्रतिशतले घटेको छ । यो समूहअन्तर्गत ६ कम्पनी छन् । यी अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र परिसूचकमा प्रभाव परेको हो ।
आजैदेखि कारोबारमा आएको सुपरमादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।


