काठमाडौ । आज राष्ट्रपति रामचन्द्र पौडेलले र संघ तथा प्रदेशका सांसदहरूलाई शीतलनिवासमा चियापानका लागि बोलाएका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागि शीतलनिवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।


