काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा बिहान ८ बजेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ।


