काठमाडौं । आजबाट सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएकोमध्ये १० प्रतिशत बराबरको कित्ता यसअघि नै विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ चैत १२ गतेसम्म निष्कासनमा रहनेछ । ढिलोमा चैत २२ गते आवेदन खुला हुने बताइएको छ ।


