काठमाडौं । अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
आजको मन्त्रिपरिषदु बैठकले नयाँ आईजीपी नियुक्त गर्न बुझिएको छ । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएसँगै सरकारले नयाँ आइजिपी नियुक्त गर्न लागेको हो । सिंहको अवकाश सँगै ३०औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुबीच तीव्र प्रतिस्पर्धा छ ।
६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् ।


