काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी सम्बन्धी मुद्दा नचल्ने निर्णय कसैको दबावमा नगरेको दावी गरेका छन् ।
शुक्रबार आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरे ।
‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको हैन’ उनले भने, ‘तपाईहरूलाई महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लाग्ला । तर हामी विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको हो । ‘


