काठमाडौं । आज दिउँसो संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ ।
आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसँगै प्राप्त भएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
अन्य दुई विधेयक र एक शोक प्रस्ताव पनि आजको बैठकमा पेस हुनेछ ।


