काठमाडौं । घरको छतबाट लडेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
सोमबार ब्हिान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ।
‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।
सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए।
प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।


